हुलाकी न्यूज, काठमाडौं । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवले मधेशको लाइफलाइन मानिएको हुलाकी सडक निर्माणमा विलम्ब गरी मधेशी जनतालाई प्रताडित गर्ने काम गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद् यादवले सरकारले हुलाकी सडक निर्माणमा लापरबाही गरेर मधेशीलाई गैरनागरिकको जस्तो व्यवहार गरेको पनि आरोप लगाएका छन् ।

हुलाकी सडकका लागि न्यून बजेट बिनियोजन हुँदै आएको पनि उनको दाबी छ । सांसद् यादवले प्रयाप्त बजेट विनियोजन गरी तदारुकताका साथ काम सुरु नगरिए आन्दोलनमा उत्रिने चेतावनी पनि दिएका छन् । सर्लाही क्षेत्रमा पर्ने ४० किलोमिटर सडक प्रदेश मातहत राखेका कारण केन्द्र सरकारले बजेट विनियोजन नगरेको र काम सुरु हुन नसकेको भन्दै उहाँले यस्तो चेतावनी दिएको हुन् ।

उनले चैत ११ सम्म राष्ट्रिय गौरबको आयोजनामा समेटेर काम सुरु नभए बैशाख १ गतेबाट हुलाकी राजमार्गमा जागरण अभियान सुरु गर्ने पनि बताए । त्यस्तै मानव सांङ्लो निकाल्ने, भारत र नेपालबीच नागरिक संवाद, रिले अनशन, आम हड्ताल र मशाल जुलुसगर्ने चेतावनी दिएका छन् ।

२०११ सालबाट राष्ट्रिय गौरबको आयोजनाका रूपमा निर्माण सुरु भएको भएपनि सरकारले कम बजेट विनियोजन गर्दै आएको सांसद् यादवको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.