
हुलाकी न्यूज, काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले आरोप प्रमाणित नभएसम्म तत्कालीन मन्त्री गोकुल बासकोटालाई भ्रष्टाचारी भन्न नमिल्ने बताएका छन् । बाँस्कोटाले घुस लिएको भन्ने व्यहोराको अडियो पोख्त प्रमाण नभएको पनि बताएका छन् ।
बिहीबार राजधानीमा भएकोबागमती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा नेकपा अध्यक्ष समेत रहेका ओलीले कमिसन प्रकरणलाई लिएर तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि लागेको आरोप प्रमाणित भइनसकेको बताए । आफू र बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीलाई उनले पत्रु को संज्ञा दिए । उनले आफूले बाँस्कोटाको बचाउ नगरेको दाबी गर्दै अनुसन्धानपछि दोषी पाए कारबाही हुने बताए ।
आन्दोलनलाई तुहाउन बास्कोटामाथि यस्तो खेल भएको उनको तर्क थियो । उनले आफ्नो नियतमाथि प्रश्न नउठाउन पनि आग्रह गरे । आफू धन कमाउन हिँडेको नभई देश बनाउन हिडेको जिकिर जिकिर गरे ।



