हुलाकी न्यूज, महोत्तरी । मालेका महासचिव सीपी मैलानी दुर्घटनामा परी घाइते भएका छन् । बिहीबार महोत्तरीको बर्दिबासस्थित रातु पुलमा मैनाली सवार गाडी अर्को गाडीसँग ठोक्किएर दुर्घटना भएको हो । मैनालीको खुट्टा फ्याक्टर हुनुका साथै शरीरका विभिन्न स्थानमा चोट लागेको छ ।

घाइते भएका महासचिव मैनालीलाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । अहिले उनको महोत्तरीस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको छ ।

मैनाली सवार बा. ४ च २१२० नम्बरको कारलाई विपरीत दिशाबाट आइरहेको ना. ४ ख ७६६८ नम्बरको पिकअफ भ्यानले ठक्कर दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.