A medical staff member takes the temperature of a man at the Wuhan Red Cross Hospital in China on Jan. 25. HECTOR RETAMAL/AFP via Getty Images

हुलाकी न्यूज, एजेन्सी । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार ८ सय ४ पुगेको छ । बिहीबार बिहानसम्ममा चीनका साथै विश्वभर गरी मृत्यु हुनेको संख्या २ हजार ८ सय ४ पुगेको हो । कोरोनाबाट ८२ हजार एक सय ८४ जना संक्रमित रहेका छन् । कोरोना भाइरस लागेकामध्ये हालसम्म ३२ हजार ९ सय १ जनाको उपचार गरिएको छ । कोभिड–१९ बाट हालसम्म चीनमा २ हजार ७ सय ४७ जनाको मृत्युभएको छ भने ८ हजार तीन सय ४६ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै, चीनबाहिर कोरोना भाइरसबाट इरानमा सबभन्दा बढी मानवीय क्षति भएको छ । इरानमा १९ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, दक्षिण कोरियामा १३, डायमन्ड प्रिन्सेज जहाजसमेत गरी जापानमा ७, हंङकङमा २, फ्रान्समा २ र फिलिपिन्समा १ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित १० राष्ट्र :

यसैबीच, जापानको पानीजहाजभित्र क्वारेन्टाइनमा रहेका १ सय १९ भारतीयसँगै १ नेपालीको पनि उद्धार गरिएको छ । कोरोना भाइरसको संक्रमण आशंकामा जापानी तटमा क्वारेन्टाइनमा राखिएको डाइमण्ड प्रिन्सेस क्रुज भारत ल्याएको छ । पानीजहाजभित्र रहेका भारतीय नागरिकलाई उद्धार गर्न गएको एयर इन्डियाको जहाजले एक नेपालीलाई पनि साथै भारत ल्याएको छ ।

क्रुजसिपभित्र रहेकालाई ल्याएर एयर इन्डियाको जहाज बिहीबार बिहान दिल्ली आइपुगेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । यो विमानले १ सय १९ भारतीय र पाँच विदेशीलाई उद्धार गरेर ल्याएको हो । भारतीय विदेशमन्त्री ए जयशंकरले उद्धार गरिएकामध्ये २ श्रीलंकाली, १ नेपाली, १ साउथ अफ्रिकन र १ जना पेरूका नागरिक रहेको जानकारी दिएका छन् । अहिले उद्धार गरिएका सबैलाई भारतीय नागरिकसँगै भारतको मन्सेरास्थित क्वारेन्टाइनमा राखिएको छ । उद्धार गरिएका नेपालीको परिचय भने खुलाइएको छैन । जापानको योकोहास्थित क्वारेन्टाइनमा राखिएको डाइमन्ड प्रिन्सेस पानीजहाजमा ३७ सय यात्रु सवार थिए । तीमध्ये बिहीबारसम्ममा ६ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.