हुलाकी न्यूज, काठमाडौं । व्यक्तिगत फोन ‘ट्यापिङ’ को प्रावधानमा सहमति जुटेको छ । बुधबार बसेको रााष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा व्यक्तिगत फोन ‘ट्यापिङ’ को विवादित प्रावधान नहटाउने पक्षमा सांसद्हरूबीच सहमति जुटेको हो ।

नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि विधायन समितिमा दफावार छलफल भइरहेको छ । यो विधेयक दर्ता भएसँगै नेपाल विशेष सेवा विधेयक विवादित बनेको थियो ।

१० को सूचना संकलनसम्बन्धी विशेष व्यवस्थाका प्रावधानमा केही शब्द हेरफेरसहित सहमति जुटेको समितिका सभापति परशुराम मेघी गुरुङले जानकारी दिएका छन् । व्यक्तिगत गोपनीयता सुरक्षित राख्ने गरी यो प्रावधान अघि बढाउने सहमति भएको पनि उनले बताए ।

फोन ट्यापिङको विषय नयाँ भएका कारण गलत सन्देश गएजस्तो देखिए पनि सबै काम व्यवस्थित तरिकाबाट हुने भएकाले गोपनीयतामा ख्याल गरिने सांसद् ठगेन्द्रप्रकाश पुरीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.