हुलाकी न्यूज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले गौतमलाई राष्टियसभामा लैजाने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले गौतमलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्य नियुक्तिका लागि निर्णय गरेको हो ।

यसअघि, २०७४ सालमा भएको प्रतिनिधिसभा चुनावमा गौतम पराजित भएका थिए । प्रत्यक्ष चुनावमा पराजित भएका गौतमलाई अर्को बाटोबाट सांसद् बनाउन लागिएको हो । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष वामदेव गौतम पराजित भएका थिए । बर्दिया क्षेत्र नं. १ बाट गौतम कांग्रेसका संजयकुमार गौतमसँग पराजित भएका थिए । ७५३ मतको अन्तरले उनी पराजित भएका थिए । पूर्वसिचाइँ मन्त्रीसमेत रहेका संजय गौतमले ४४ हजार ८२९ मत ल्याएर विजयी भएका थिए । वामदेवले ४४ हजार ७६ मत ल्याएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.