हुलाकी न्यूज, समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बनाएको आरोप लगाएका छन् । नेकपाले प्राप्त जनादेशलाई भ्रष्टाचारको लाइसेन्स बनाए नेकपाले समृद्धि र सुशासनको कुरा धेरै गरे तर व्यवहार उल्टो गरे भन्दै सहअध्यक्ष श्रेष्ठले भने, ‘विरालोले दुध खाँदैन भन्दै दुधको साक्षी विरालो बनाउनु र नेकपाले भ्रष्टाचार गर्दैन भन्नु उस्तै हो ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद काण्डमा गोकुल बास्कोटाको टेप प्रकरणबाट नेकपाले प्राप्त जनादेशलाई भ्रष्टाचारको लाइसेन्स बनाएको स्पष्ट भएको छ । समायोजित समितिका चितवन जिल्ला अध्यक्ष प्रेम भुजेलको अध्यक्षतामा भएको उक्त प्रशिक्षण कार्यक्रममा पार्टीका उपाध्यक्ष, विशिष्ट अतिथि तथा माननीय सांसद रेणुकुमारी यादवले संघीयताको जननी भएको हिसावले आफ्नो पार्टीले बाहेक कुनै पनि पार्टीले यसको रक्षा गर्न सक्दैन भन्दै अहिले दुई नम्बर प्रदेशले मात्र संघीयताको अभ्यास गरेको बताए ।

उनले पार्टी केन्द्रले समायोजनलाई सहज बनाउन खेलेको भूमिकालाई चितवनका नेता कार्यकर्ताहरू गरेको सहयोगका लागि धन्यवाद दिए । अर्का उपाध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि नवराज सुवेदीले नेकपाले संविधान संशोधनको विषयलाई हांस्यास्पद रूपमा लिएको बताउँदै आफ्नो पार्टीभित्रको तानातानमा बामदेवलाई साथ लिन राष्ट्रिय सभाका सांसदलाई पनि प्रधानमन्त्री बनाउन मिल्ने गरी संविधान संशोधन गर्न खोज्नु गलत भएको बताए । उनले चितवनको पार्टी समायोजनमा धेरै कसरत गर्न परेको भए पनि राम्रो नतिजा आएको बताए ।

त्यसरी नै पार्टीका उपाध्यक्ष, पूर्वमन्त्री तथा विशिष्ट अतिथि हिसिला यमीले नेपालको राष्ट्रिय गानमा भनेजस्तै सबै जाति, भाषा, संस्कृतिलाई समेटेर बनाएको एक मात्र इन्द्रेणी पार्टी समाजवादी पार्टी भएको बताए । यसले नीति, विचार र सिद्धान्तमा पनि अरु पार्टीहरूले भन्दा फरक विकल्प दिएको बताए । त्यसरी नै बागमती प्रदेशका अध्यक्ष सोनाम सिं स्याङ्तानले पार्टीलाई विधि पद्धति अनुसार सञ्चालन गर्न सबैले मिलेर काम गर्नु पर्छ भन्दै चितवनमा छिट्टै संगठन विस्तार तथा सुदृढीकरण अभियान चलाउन आग्रह गरे ।

कार्यक्रममा पार्टीका वागमती प्रदेश उपाध्यक्ष राजु नेपाल, ताम्सालिङ राष्ट्रिय समितिका अध्यक्ष कृष्णकुमार घलान, सल्लाहकार समिति सदस्य पदम गुरुङ लगातयले पनि मन्तव्य दिएका थिए । कार्यक्रममा पार्टीका केन्द्रीय अनुशासन समितिका प्रमुख महेन्द्र श्रेष्ठ, बागमती प्रदेशका मुख्य सचिव मोहन बराइली, केन्द्रीय सदस्य तथा चितवनका विसु अभियान संयोजक तारा वि.क., केन्द्रीय सदस्य विष्णुहरी तिमल्सिना आदिको पनि उपस्थिति रहेको थियो ।

समाजवादी पार्टीको नयाँ समायोजित चितवन जिल्ला समितिमा अध्यक्ष प्रेम भुजेल, उपाध्यक्ष त्रय यदुकृष्ण भट्ट, सरस्वती बर्देवा र तुलाराम गुरुङ, सचिव विनोद शर्मा पौडेल, उपसचिव नारायण बर्तौला र कोषाध्यक्ष मनोज पोखरेल चयन भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.