हुलाकी न्यूज, काठमाडौं । शिवपुरीस्थित नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भएको सि.सं.२६ कमाण्ड तथा स्टाफ तालिमको प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा एक विशेष समारोहका बीच दीक्षान्त समारोह सम्पन्न भएको छ ।

उक्त तालिममा नेपाली सेनाका तर्फबाट ५० जना अधिकृतहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट १÷१ गरी ३ जना अधिकृतहरुलगायत मित्रराष्ट्र बंगलादेश, भारत, चीन, कोरिया, लेवनान, माल्दिभ्स, नाईजेरिया, पाकिस्तान, श्रीलङ्का र संयुक्त राज्य अमेरिकाबाट १÷१ जना गरी १० जना विदेशी शिक्षार्थीसहित जम्मा ६३ जना अधिकृतहरुले सो तालिम सफलतापूर्वक सम्पन्न गरी मंगलबार दिक्षित भएका छन् ।

सि.सं.१७ (सन् २०१०) बाट विदेशी शिक्षार्थीहरु सहभागी गराईएको उक्त तालिममा हालसम्म विभिन्नक देशका ८३ जना विदेशी शिक्षार्थीहरु दिक्षित भईसकेका छन् ।

उक्त दीक्षान्त समारोहमा प्रधानसेनापति महारथी थापाले कमाण्ड तथा स्टाफ तालिममा सर्वप्रथम हुनु भएका नेपाली सेनाका सेनानी चित्र कुमार कार्कीलाई ’सर्वोत्कृष्ट शिक्षार्थी पुरस्कार’ प्रदान गर्नुको साथै दिक्षित भएका सबै शिक्षार्थी अधिकृतहरुलाई ’एक्ऋ’ (एबककभम क्तबाा ऋयििभनभ) प्रमाणपत्र वितरण गरेका थिए ।

सोही अवसरमा उहाँले उक्त कलेजबाट वार्षिक रुपमा प्रकाशन गरिने ’दि शिवपुरी’ जर्नलको २१औं संस्करण विमोचनसमेत गरिएको थियो । त्यसैगरी, उक्त कलेजका शिक्षाधिकृत उपरथी इश्वर हमालले सोध पत्रमा प्रथम स्थान हासिल गर्ने शिक्षार्थीलाई सैनिक कमाण्ड तथा स्टाफ कलेजको प्रतिक तथा नगद पुरस्कार प्रदान गरेका थिए ।

उक्त दीक्षान्त समारोहको दौरान कार्यक्रमको शुभारम्भमा सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाधिकृत उपरथी हमालले स्वागत मन्तव्य राखेका थिए ।

साथै त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा.धर्मकान्त बास्कोटाले दिक्षित भएका सबै शिक्षार्थी अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै उक्त तालिमबाट प्राप्त भएको ज्ञानले भविष्यमा आइपर्न सक्ने चुनौतीको सामना गरी आफ्नो जिम्मेवारी पूरा गर्न सहजता प्रदान गर्ने विश्वाास व्यक्त गरेका थिए ।

कार्यक्रमको दौरान प्रधानसेनापति थापाले दीक्षित हुनुभएका अधिकृतहरुलाई सम्बोधन गर्दै उक्त तालिम सहभागी सबैको लागी कोशेढुङ्गा सावित हुने र हालको परिवर्तनशिल विश्वि समाज र आधुनिक सैनिक अपरेशनमा स्टाफ तथा कमाण्डको हैसियतले आवश्यक पर्ने विश्लेषणात्मक योजना तथा संचार कौशल सम्बन्धी यथेष्ट ज्ञान हासिल भएको विश्वादस व्यक्त गरेका थिए ।

यस तालिमले राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय सम्बन्धलाई थप मजबुत बनाउन समेत गहन भूमिका खेलेको बताए । साथै नेपाली सेनामा यस तालिमको महत्व, आवश्यकता, औचित्य र प्रभावकारीताको बारेमा समेत मन्तव्य व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा रक्षा सचिव, बलाधिकृत तथा बलाध्यक्ष रथीवृन्द, सशस्त्र प्रहरी महानिरीक्षक, विदेशी सैनिक सहचारीहरु, बरिष्ठ प्राध्यापकहरु, विभिन्नद विषयका प्राज्ञहरु लगायत नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द, स्टाफ कलेजका पूर्व शिक्षाधिकृतहरु, नेपाली सेनाका सेनानी समूहलगायत शिक्षार्थी अधिकृतहरुको परिवारजनको समेत उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.