हुलाकी न्यूज, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले सरकार परिवर्तनको सपना नदेख्न सुझाव दिएका छन् ।

नेपाली कांग्रेस धनुषाले महेन्द्र नारायण निधिको ९८औ जन्मजयन्ती दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले सो कुरा बताएका हुन् ।

मुख्यमन्त्री राउतले संघीयतालाई बलियो बनाउन प्रदेश सरकार प्रतिवद्ध रहेको जिकिर गर्दै सरकार तत्काल सरकार परिवर्तनको सपना नदेख्न चेतावनी समेत दिए ।

यसै साता नेकपाका अध्यक्ष पुष्प कमल दहाल प्रचण्डले प्रदेश २ को सरकार फेर्ने दिएको अभिव्यक्ति प्रति लक्षित गर्दै मुख्यमन्त्री राउतले भने, ‘केही नेताहरु मंच पिच्छै बोली फेर्छन, अहिले संघीयतालाई धराप पार्ने गरि सरकार परिवर्तनको सपना देखि रहनु भएको छ । त्यस्तो सपना नदेखे हुन्छ ।’

उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा निधिले खेल्नु भएको भूमिका सदैव स्मरणीय रहने उल्लेख गरे ।

‘स्वर्गीय निधिको लोकतन्त्र प्रतिको आस्था, विचार र सिद्धान्तले उहाँलाई नामको निधि मात्र नभई लोकतन्त्रकै निधि बनाएको छ’, उनले भने, ‘आजको राजनीतिमा समेत उहाँ सबैको लागि प्रेरणाको श्रोत रहेको छ ।’ उनले लोकतान्त्रिक आन्दोलनका योद्धा स्वगसर््य महेन्द्र नारायण निधि लोकतन्त्रकै निधि रहेको बताएका छन् ।

उनले भने, ‘स्वर्गीय निधिको निष्ठा, विचार, त्याग र समर्पणलाई हामी आफनो जिवनमा उतार्न सक्र्यौ भने सच्चा लोकतन्त्र स्थापना गर्न सक्छौ, समाजिक न्याय स्थापना हुन सक्छ, उत्पिडनमा रहेको समुदायले न्याय पाउन सक्छ ।’

मुख्यमन्त्री राउतले स्वर्गीय निधिले लोकतन्त्रको आन्दोलनमा खेलेको भूमिका बारे चर्चा गर्दै तत्कालिन समयमा मधेशमा भइ रहेको उच्च बसाई सराई सराईलाई कडा विरोध गरेर मधेश प्रतिको भावनालाई प्रकट गर्नु भएको समेत बताए ।

कांग्रेस जिल्ला सभापति महेश शंकर गिरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य महेन्द्र यादव, राम कृष्ण यादव, प्रदेश २ संसदीय दलका नेता राम सरोज यादव सहितका वक्ताहरुले सम्बोधन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.