हुलाकी न्यूज,
काठमाडौं । राष्ट्रिय जनता पार्टीका सांसद् प्रमोद साहले व्यक्ति विशेषका लागि संविधान संशोधन गराउने चलखेल सुरु भएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद् साहले मधेशी जनताले अधिकारका लागि पटक–पटक आन्दोलन गर्दा संविधान संशोधन नहुने तर व्यक्तिका लागि संशोधन गर्न कार्यदल बनाइएको आरोप लगाएका हुन् ।

उनले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुने भनेर भन्दै आएकाहरूले अहिले आएर कुनै व्यक्तिलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गराउन तल्लिन भएको पनि आरोप लगाए । पटक–पटक भएको मधेश आन्दोलनबाट सयौं मधेशीले शहादत दिएको, नेता तथा कार्यकर्ताहरूमाथि झुठा मुद्दा चलाएर जेल चलान गरिएको भन्दै समुदायले अधिकार र पहिचानका लागि गर्ने आन्दोलनलाई संस्थागन गर्न संविधान संशोधन गर्न नहुने भनेर प्रश्न गर्नुभयो ।

सांसद् साहले सरकार–मधेशवादी दलबीच पाँच पटक, नेकपा–मधेशवादीबीच ८ पटक र सशस्त्रधारीसँग २२ पटक सम्झौता हुँदा पनि संविधान संशोधन नगरेकोसमेत गुनासो गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.