हुलाकी न्यूज, सऊदी:- विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) साउदी अरेबिया रास्तनुरामा क्षेत्रीय समितिको विस्तार भएका छ।
अध्यक्ष निर्मल मण्डल र सह अध्यक्ष अधिकारी उपेन्द्र यादवको उपस्थितिमा जनार्धन यादबको अध्यक्षतामा क्षेत्रिय समिति चयन भएको छ।
उपाध्यक्षमा मनोज कुमार साह, सचिवमा अमित कुमार साह, सह सचिवमा जिबछ कामती, कोषाध्यक्षमा राम बिश्वास यादब, सह कोषाध्यक्षमा बिरेन्द्र यादब रहेका छन। त्यस्तै सदस्य हरुमा संतोष कामती,श्याम बाबु कामती,अरबिन्द यादब,राजेश यादब र दिपक बिलिया रहेका छन।
एनआरएमएले विभिन्न देशहरुमा सांस्कृतिक कार्यक्रम तथा बिभिन्न चाड-पर्बको अवसरमा मेल-मिलाप कार्यक्रम गरी प्रवासमा रहेका मधेशीहरुलाई एकजुट गर्ने काम गर्दै आएको छ।




