हुलाकी न्यूज, कतार: विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) कतारको पुरानो वखरा बलदिया कैम्पमा पनि क्षेत्रीय समिति विस्तार भएको छ।

परमहंस ठाकुरको अध्यक्षतामा पुरानो वखरा बलदिया कैम्पमा क्षेत्रीय कार्य समितिको सम्मेलन द्वारा अध्यक्ष भरत सहनीको नेतृत्वमा कार्यसमिति गठन गरेको छ।

उक्त सम्मेलनद्वारा अन्य पदाधिकारीहरुमा उपाध्यक्ष भोला पन्डित, सचिव बिष्णु यादव, सह सचिव संजय सहनी, कोषाध्यक्ष फेकन यादब र सह कोषाध्यक्ष धरमदेब ठाकुर रहेका छन। तेस्तै सदस्य हरुमाश्री बेछु मुखिया, लोलेन्द्र कुमार महतो, राम जनम महतो, रामइशवर महतो, मुना सहनी, धनदेब ठाकुर, प्रमोद ठाकुर, सिहेशवर ठाकुर, रितेश ठाकुर, लक्ष्मन ठाकुर, रामकिरपाल ठाकुर धर्मेन्द्र ठाकुर, बिशवनाथ ठाकुर, ललित ठाकुर, जितेन्द्र ठाकुर, राम सागर ठाकुर, शिवशंकर ठाकुर, जितन ठाकुर, बिजय कुमार ठाकुर, काशी राम पन्डित, राम ललित पन्डित ठाकुर संजय साह, संजीव यादव र चन्दे चौधरी रहेका छन।

गैर आवासीय मधेशी संघ कतारका केन्द्रीय सदस्य हरु सुरेन्द्र नारायण यादब, बिरेन्द्र कुमार साह, सरोज प्रसाद साह, सरोज कुमार साह, बिरेन्द्र गोइत सुरेन्द्र साह, जितेंद्र यादव , दुलार यादव, विनोद कुमार महतो, प्रमोद यादव, तीर्थ नारायण साह, धर्मेंद्र महतो र अशोकको उपस्तिथि रहेको थियो।

एनआरएमएले विभिन्न देशहरुमा सांस्कृतिक कार्यक्रम तथा बिभिन्न चाड-पर्बको अवसरमा मेल-मिलाप कार्यक्रम गरी प्रवासमा रहेका मधेशीहरुलाई एकजुट गर्ने काम गर्दै आएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.