हुलाकी न्यूज, कतार:- विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) कतारको आयोजनामा मधेशी मिलन समारोह सम्पन्न भएको छ। नयाँ वर्ष र माघे सङ्क्रान्तिको अवसरमा एनआरएमए कतारले मधेशी मिलन समारोहसहित वनभोज कार्यक्रम गरेको हाे।

२४ जनवरी २०२० शुक्रवारको दिन उम सलाल अली गार्डेन (रिसोर्ट) कतारमा कार्यक्रमकाे आयाेजित समारोहमा कतारभरी बाट करिब १५०० सयभन्दा बढी मधेशीहरुले सहभागिता जनाएका थिए।

कार्यक्रमको सुरुमै माघे सङ्क्रान्तिको विशेष तिलको लाई तथा विभिन्न पकवानहरुको व्यवस्था गरिएको थियो।

कार्यक्रम का संचालन उद्घोषक दिवाकर कुमार झा र बीरेंद्र गोइतले गरेका थियो र सुरुमा सहीदप्रति श्रद्धांजलि दिइएकाे थियाे।

कार्यक्रममा जितेन्द्र कुमार महतो, शिव कुमार पाल, विजय कुमार यादव, संजय कुमार साह, सरोज प्रसाद साह, जितेन्द्र कुमार यादव, जगत लाल मण्डल, राम नंदन गुप्ता, हरि नारायण मंडल, सरोजकुमार साह, राम नारायण मंडल, राजकुमार मण्डल, राम हिर्दय यादव, वीरेन्द्र कुमार साह, बिनोद कुमार महतो, इंद्रजित मंडल, राम जुलुम साह, सरफराज हुसेन, बीना राई, सुरेन्द्र नारायण यादव र शम्भू नाथ साहले आफ्नो मन्त्वय राखेका थिए।

अधिकांश वक्ताहरुले मधेशको समस्या समाधानको लागि बोलेको थियाे।

समारोहमा कतारमा रहेका विभिन्न मधेशी संघ संस्थाका प्रतिनिधि तथा बुद्धिजीवी र साहित्यकारहरुको समेत सहभागीता थियाे। कार्यक्रममा मधेशको सांस्कृतिक कार्यक्रम, गीत, कविता र विभिन्न साहित्यहरु प्रस्तुत गरिएको थियो।

चित्रकला, म्यूजिकल चेयर प्रतिस्पर्धामा भाग लिएकाहरुले मध्ये रोहित साह, साधना ठाकुर, नित्यान्त यादव र आरोही ठाकुर विजयी भएका थियाे। बाल कलाकारहरू नृत्य साधना ठाकुर, आरोही ठाकुर निहारीका राय,अस्मिता साह, सहाया यादव, वर्षा यादव र रेखाचित्र प्रतियोगितामा सान्वी साह, सहाय यादव र निहारीका राय सहभागी भएका थियाे। वर्णमाला देशहरू लेखन प्रतिस्पर्धामा सहया यादव, अस्मिता साह, निहारीका राय रहेका थिए। चित्रकला, म्यूजिकल चेयर, नृत्य र रेखाचित्र प्रतियोगितामा ललिता कुमारी यादव र सरोज प्रसाद साहले सहयोग तथा समन्वय गरेका थिए।

दहेज बिरुद्धको अभियान लेखक निर्देशक बिनोद महतो र रामसुबन यादव अभिनेताहरु बिनोद कुमार यादव, शिव दयाल महतो, जितेन्द्र कुमार यादव, रामचन्द्र साह, अशोक कुमार यादव, जमीर हसन र शिव शंकर यादवले प्रस्तुत गरेका थिए। गायक हरुमा बिनोद कुमार महतो, राम हृदय यादव, इंद्रजित मंडल, राम अयोधी दास, वाकील मण्डल, मनीष कुमार मधेसी, जमीर हसन र कृष्णा यादवले प्रस्तुत गरेका थियो।

एनआरएमए कतारका आजीबन सदस्यलाई परिचय पत्र तथा प्रमाण पत्र प्रदान गरी सम्मान गरिएको थियो।

त्यस्तै निरन्तर संस्थाको कामकाजमा सहयोग  गर्ने सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरी सम्मान गरिएको थियो।

सबै सहयोगी तथा स्पोंसर हरु लाई प्रमाण पत्र प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रमका लागि सहयोग गरेका अल-रशीद ट्रेडिंग एंड कंट, फसेह अल-अरब ट्रेडिंग, नेपाली धनुक समाज, मुत्रह करार ट्रेडिंग, रमा कान्त ठाकुर र प्रभंस ठाकुर लाई अध्यक्ष ई शम्भुनाथ साहले धन्यवाद र कदर पत्र ट्रफी प्रदान गरेका थिए।

हुलाकी न्यूजसँग कुराकानी गर्दै एनआएएमए अन्तर्राष्ट्रिय समितिका अध्यक्ष बसन्त कुशवाहाका अनुसार माघे सङ्क्रान्तिले मधेशका संस्कृतिलाई विश्वभरी जर्गेना गर्न तथा मधेशीहरुबीचको एकतालाई सुदृढ पार्न माघे सङ्क्रान्तिको आयोजना गरिएको थियो । जसअनुरुप कार्यक्रमहरु सफल भएकोमा कुशवाहाले खुशी व्यक्त गरे र उनले माघे सङ्क्रान्ति लाई प्रोत्साहन गरेकोमा सम्पूर्ण शाखा तथा सदस्यहरुलाई धन्यवाद ज्ञापनसमेत गरे।

कार्यक्रमका तस्बीरहरु:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.