हुलाकी न्यूज, दुबई:- विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए), यु. ए. ई. को फ़ुजैराहमा क्षेत्रीय समिति विस्तार गरिएको छ।
जनवरी १० तारीखका दिन फ़ुजैराहमा भएको मधेसी भेलाले ई. मनोज साह को नेतृत्वमा १५ सदस्यीय समिति गठन गरेको हो। समिति सदस्यहरुमा शिव नारायण भण्डारी, धीरेन्द्र साह, आशाराम पासवान, ई. संतोष साह, नन्द दास, मंगल साह, नबीन कुमार झा, ई. संतोष कुमार महतो, कमल कुमार साह, प्रवीण साह, सुरेश कुमार महतो, संतोष साह र सरोज साह रहेका छन।
एनआरएमए अंतर्राष्ट्रीय समितिका अध्यक्ष बसन्त कुशवाहाको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रम का लागि एनआरएमए- यु.ए.ई. का उपाध्यक्ष राकेश जयसवाल ले बिशेष पहल गरेका थिए।
कार्यक्रममा अंतर्राष्ट्रीय समिति अध्यक्ष कुशवाहाले एनआरएमए को सांगठनिक उद्देश्य बारे प्रशिक्षण दिई सबै सहभागीको उत्साह बढाएका थिए।
उक्त कार्यक्रममा अतिथिका रुपमा एनआरएमए-यु.ए.ई. का केंद्रीय कोषाध्यक्ष सन्त साह ले समिति सदस्यहरु सबैलाई बधाई दिदैं संगठनमा धेरै-भन्दा धेरै प्रवासी मधेसी मित्रहरुलाई जोड़न आग्रह गरेका थिए।
एनआरएमएले विभिन्न देशहरुमा सांस्कृतिक कार्यक्रम तथा बिभिन्न चाड-पर्बको अवसरमा मेल-मिलाप कार्यक्रम गरी प्रवासमा रहेका मधेशीहरुलाई एकजुट गर्ने काम गर्दै आएको छ।




