हुलाकी न्यूज, दुबई:- नयाँ वर्ष २०२० तथा मकर संक्रान्तिको अवसरमा गैर आवासीय मधेशी संघ यूएई द्वारा दुवईको जबिल पार्कमा मधेशी मिलन समारोह मनाएका छन।
मधेशी मिलन समारोहसहित शुक्रबार वनभोज कार्यक्रमको आयोजना गरिएको एनआरएमए यूएइका अध्यक्ष संजय कर्णले जानकारी दिए।
कार्यक्रममा मधेशसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधि सहितका मधेशीहरूको सहभागिता थियो।
कार्यक्रममा सहभागीहरुले एनआरएमएले प्रदेशमा रहेका मधेशीहरुको सुख दुःखमा साथ दिएको बताए।
गैर आवासीय मधेशी संघका अन्तराष्ट्रिय अध्यक्ष बसन्त कुमार कुशवाहाले तराई मधेशमा मनाइने विभिन्न उल्लासको पर्व, महोत्सवको अवसर पारेर विदेशमा रहेका मधेशी मूलका नेपालीहरुलाई अपनत्व प्रदान गर्न कार्यक्रहरुको आयोजना गरिदै आएको बताउनुभयो ।




