हुलाकी न्यूज, सऊदी:- विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) साउदी अरेबियामा २७ डिसेम्बर शुक्रवारको दिन साउदीको दमाममा क्षेत्रीय समितिको विस्तार भएका छन।
वरिष्ठ उपाध्यक्ष अधिकारी उपेन्द्र यादवको उपस्थितिमा कुलदिप माझीको अध्यक्षतामा १४ सदस्य समिति चयन भएको छ।
उपाध्यक्षमा सतरूधन मण्डल, सचिवमा बिष्णु सहनी, सहसचिवमा महेश चौधरी, कोषाध्यक्षमा पसिन्जर मण्डल र सहकोषाध्यक्षमा सुकदेव मण्डल रहेका छन। तेस्तै सदस्यहरू हरेराम राई, गगनदेव यादव, असेश्वर बर्ही, संजिव कुमार मण्डल, शम्भु प्रसाद साह, देवेन्द्व कुमार मण्डल, प्रमेश्वर यादव, बिनोद सदाय, रामजतन पासमान, राम अशिष धोवी, सोली दास, लक्ष्मी मुखिया, पितम्बर साह र चन्द्वा सदाय रहेका छन।
समिति गठनमा श्री देव मंडल र राजेश यादवको बिसेष सहयोग रहेको थियो।
एनआरएमए-साउदी का केंद्रीय अध्यक्ष निर्मल मंडलले साउदीमा रहेका मधेसीहरुलाई संगठनमा आबद्ध हुन आग्रह गरेका छन।
एनआरएमएले विभिन्न देशहरुमा सांस्कृतिक कार्यक्रम तथा बिभिन्न चाड-पर्बको अवसरमा मेल-मिलाप कार्यक्रम गरी प्रवासमा रहेका मधेशीहरुलाई एकजुट गर्ने काम गर्दै आएको छ।




