
हुलाकी न्यूज, बीरगंज : डा.सीके राउत नेतृत्वको जनमत पार्टीले एकै साथ २५ वटा आमसभाको घोषणा गरेको छ।
मधेशको पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म २५ वटा आमसभा जनमत पार्टीले गर्ने भएको छ।
मंसिर २७ र २८ गते पर्सा जिल्लाको विन्ध्यावासिनीमा सम्पन्न जनमत पार्टीको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो।
जनमत पार्टीले पुस, माघ र फागुन गरी तीन महिनाभित्र उक्त आमसभाहरु गर्नेछ। यसैगरी माघ पाँच गते मधेश बलिदानी दिवस पनि सिरहाको लाहानमा भव्य रुपमा मनाउने तयारी गरिएको छ।
जनमत पार्टीले हालै सम्पन्न उपनिर्वाचनमा मतदान गरेका सम्पूर्ण मतदाता, नेता तथा कार्यकर्ताहरुलाई धन्यवाद ज्ञापनसमेत गरेको छ। विभिन्न दश स्थानमा जनमत पार्टीले दिएको उम्मेदवारीमा सम्पूर्ण स्थानमा उत्साहजनक मत आएको ठहर पार्टीले गरेको छ।
यसैगरी जनमत पार्टीले संगठन विस्तारको कामलाई तीब्रता दिने निर्णयसमेत गरेको छ।
जनमत पार्टीको सम्पूर्ण निर्णयहरुः




