हुलाकी न्यूज काठमाडौं : रङभेद विरुद्धको छैठौं एकता दिवसको अवसरमा काठमाडौंमा विशाल प्रदर्शन भएको छ।
जनमत पार्टीका अध्यक्ष डा.सीके राउतको नेतृत्वमा काठमाडौंको विभिन्न स्थानमा झाँकी रैलीसहित भृकुटी मण्डपमा विशाल सभा भएको छ।
काठमाडौंसहित मधेशका विभिन्न जिल्लाबाट हजारौंको संख्यामा मधेशी, थारुहरु सहभागी भएका थिए।
रङगभेद विरुद्धको सभाको अध्यक्षता स्वराज आन्दोलनका प्रथम सहित राममनोहर यादवकी आमाले गरेकी थिइन् भने प्रमुख अतिथि डा.राउत थिए।
कार्यक्रमको विशिष्ट अतिथि गैरआवासीय मधेशी संघका अन्तर्राष्ट्रिय अध्यक्ष बशन्त कुशवाहा थिए।
सभामा जनमत पार्टीका शीर्ष नेतृत्वसहित मधेशी, थारु, मुस्लिम, आदिवासी जनजातिसँग सम्बन्धीत विभिन्न संस्थाका प्रतिनिधिहरु पनि सहभागी थए।
Jay madhesh.jay swaraaj.