
हुलाकी न्यूज, काठमाडौं: विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) का अन्तर्राष्ट्रिय समिति महासचिव डॉ. रबिन्द्र कुमार यादवलाई पितृशोक परेको छ।
महासचिव यादवको बुवा पूर्व न्यायाधीश अवधेश कुमार यादवको ६७ वर्षको उमेरमा शनिबार विराटनगर स्थित नोबेल मेडिकल कलेजमा निधन भएको हो।
सप्तरी निवासी यादवको उपचारको क्रममा निधन भएको हो।



