
सिराहा असोज ५:- पूर्व पश्चिम राजमार्ग अंतर्गत सिरहाको धनगढीमाई नगरपालिका–८ स्थित कसहा चोक देखि दक्षिण तिर जाने बाटोमा शुक्रबार साझ दुईवटा मोटरसाइकल एक आपसमा ठोक्कीदा एक जना चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा धनगढीमाई नगरपालिका कसहाका बिसे यादव रहेका छन्। अर्को मोटरसाइकल चालक धनगढीमाई नगरपालिका बसन्पुरका राम जतन राउत गम्भीर घाइते भएका छन। राउतको उपचार विराटनगरको न्यूरो हस्पिटल मा भैरहेको छ।
मोटरसाइकल दुर्घटनामा अन्य दुइ जना घाइते भएको प्रहरीले जनाएको छ।



