
हुलाकी न्यूज, सऊदी:- विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) साउदी अरेबियाको १३ सेप्टेम्बर शुक्रवारको दिन साउदीको बिभिन्न ठाऊँहरूमा क्षेत्रीय र उप-क्षेत्रीय समितिको विस्तार भएका छन।
बिगत ४ बर्ष देखि साउदीमा रहेका प्रवासी मधेशीहरूलाई एउटै छाता मुनि ल्याउने प्रयास गर्दै आइरहेको बारे साउदीको अध्यक्ष निर्मल मंडलले बताएका छन।।
अशोक साहको उपस्थितिमा र सुनिल साहको अध्यक्षतामा २२ सदस्य उप क्षेत्रीय समिति गठन गरिएको छ। उपाध्यक्षामा मासुम शेष, कोषाध्यक्षमा गुनेश्वर यादब, सचिवमा रुपनारायण मण्डल र सहसचिवमा सुरेन्द्र महरा रहेका छन। तयस्तै सदस्यहरुमा सुरेन्द्र मण्डल, जिवन कुमार चौधरी, प्रमोद कुमार सहनी, कमलदेव मण्डल, मनोज कुमार यादब, बिरेन्द्र साह, दिपेश मण्डल, गजेन्द्र नारायण यादब, मोहमद मजबुल खबरी, राम उदगार पासमान, शिब कुमार साह,प्रमोद मण्डल, राम किशोर यादब, अशगर शाह, असरफ कबारी र धनबीर मण्डल रहेका छन।
त्यसै गरी साउदीको जिजानमा राम कैलास यादबको अध्यक्षतामा १६ सदस्य उप क्षेत्रीय समिति गठन गरिएको छ। उपाध्यक्षमा संजिब कुमार दास, सचिवमा सुरेन्द्र कामती र कोषाध्यक्षमा सत्रुधन साफी रहेका छन। तयस्तै सदस्यहरुमा संतोष राउत, प्रभु मण्डल, बिकु मुखिया, बिरेन्द्र झा, रिकु सदा, संजिब कुमार महतो, सुदिप झा,बिरेन्द्र पासमान, संतोष कुमार कामति , शिब शंकर साह मधेशी, प्रेम दास, भुनेश्वर यादब, जलिल सदा र जितेन्द्र महरा रहेका छन।
त्यसै गरी जुवेल ,दमाम जेद्दा र राष्तनुरामा पनि चाडैनै समिती निर्माण हुने संस्थाका बरिष्ट उपाध्यक्ष अधिकारी उपेन्द्रले बताएका छन।



