हुलाकी न्यूज, काठमाडौं, २६ आश्विन । थरुहट/थारुवान संघर्ष समितिले कुनै थारु मन्त्री हुँदैमा आन्दोलन नरोकिने स्पष्ट पारेको छ ।

समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै दुई महिनादेखि निरन्तर चलिरहेको आन्दोलन दशै तिहार अवधिभरी पनि जारी रहने जनाएको छ । तराईका सम्पूर्ण जिल्लाहरुमा बिरोधसभा, कोणसभा, भण्डाफोर अभियान लगायत पूर्व घोषित आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु सशक्तरुपमा माग पुरा नभएसम्म निरन्तर जारी राखिने पनि समितिले स्पष्ट पारेको छ ।

विज्ञप्तीमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई लक्षित गर्दै ‘कुनै थारु मन्त्री हुँदैमा आन्दोलनको कार्यक्रम फिर्ता हुन नसक्ने’ उल्लेख गरिएको छ । थारुको प्रतिनिधित्व गर्ने गच्छदार केपी ओली नेतृत्वको सरकारबाट उपप्रधानमन्त्री तथा भौतिक योजना तथा पूर्वाधार मन्त्री बनेका छन् ।

यस्तै आन्दोलन फिर्ता भएको भन्दै केहि सञ्चारमाध्यमबाट समाचार सार्वजनिक भएको भन्दै त्यसको खण्डन पनि गरिएको छ ।

tharu morchako bigyapti

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.