
हुलाकी न्यूज काठमाडौँ : डा. सीके राउत नेतृत्वको मधेश स्वराज आन्दोलनका प्रथम सहिद राममनोहर यादवको स्मृति दिवसमा विभिन्न कार्यक्रम गरी काठमाडौंसहित मधेशका विभिन्न जिल्लामा मनाइएको छ।
गैर आवासीय मधेशी संघ अन्तर्राष्ट्रीय समितिका अध्यक्ष तथा जनमत पार्टीका केन्द्रीय सदस्य बसन्त कुशवाहाका अनुसार काठमाडौंसहित मधेशका सबै जिल्ला सदरमुकाम हरुमा श्रद्धांजलि सभा र मधेश का मुख्य मुख्य सहरमा अन्तरक्रिया कार्यक्रम गरी श्रद्धांजलि सभा आज मनाएको छ।
गत वर्ष भदौ १५ गते प्रहरी हिरासतमा मारिएका मधेश स्वराज आन्दोलनका प्रथम सहिद यादवको सम्झनामा जनमत पार्टीले मधेशका विभिन्न जिल्ला सदरमुकामसहित बाहिर पनि श्रद्धाञ्जली सभा गरेको छ।
त्यसै गरी बिदेशमा पनि यादवको स्मृति दिवसमा विभिन्न कार्यक्रम गरी मनाइएको छ। गैर आवासीय मधेशी संघ द्वारा अमेरीका, कतार, यूएई, सऊदी अरबिया, मलेशिया र इंडिया लगायत संसार भरि श्रद्धाञ्जली सभा गरेको छ।
(फोटो फिचर )
मोरंगको बिराटनगरमा श्रद्धाञ्जली सभा।



सप्तरीमा श्रद्धाञ्जली सभा।



सिरहाको गोलबजारमा श्रद्धाञ्जली सभा।
सहिद यादवको सम्झनामा जनमत पार्टी सिरहाले श्रद्धाञ्जली सभा, रक्तदान कार्यक्रम गरेको छ । जनमत पार्टी सिरहाद्धारा गोलबजारस्थित उद्योग वाणिज्य संघ सभाहलको प्रांगनमा कार्यक्रममा आयोजित गरेका छन् । सो क्रममा जनमत पार्टीका केन्द्रिय सदस्य तथा सिरहा जिल्ला ईन्चार्ज राजकुमार यादव (त्यागी) ले सहिद राममनोहर यादवको कदर गर्दै जनमत पार्टी उनको सपना पूरा गर्न कुनै कसर बाँकी नछाड्ने बताए ।


सिरहाको लहानमा श्रद्धाञ्जली सभा।

धनुषाको जनकपुरमा श्रद्धाञ्जली सभा।


सर्लाहीमा श्रद्धाञ्जली सभा।

नवलपरासीमा श्रद्धाञ्जली सभा
उक्त रैली तथा श्रद्धांजलि कार्यक्रम का अध्यक्षता जनमत पार्टीका जनपरिचालन समिति के जिला अध्यक्ष कृष्ण यादवले गर्नु भएको थियो र प्रमुख आतिथ्यमा जनमत पार्टी के केंद्रीय सदस्य कैलाश महतोको सहभागिता थियो।


रुपन्देहीमा श्रद्धाञ्जली सभा।


रौतहटमा श्रद्धाञ्जली सभा।


बाकेमा श्रद्धाञ्जली सभा।


काठमाडौको माइती घर मण्डलामा श्रद्धाञ्जली सभा।
विद्यार्थी जनमत संघले श्रद्धाञ्जली सभा सम्पन्न भएको विद्यार्थी नेता विकाश प्रसाद लोधले जानकारी दिएको छ।
लोधका अनुसार कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य बबिता इसर,चन्दन सिंह,ई.दिपक साह, ई.राजदेव खर्गा,युवा नेता राजेन्द्र यादव,पि एम माझी ,मन्टु चौधरी ,विद्यार्थी नेता पोषण यादव,नवरत्न यादव लगायतका नेता तथा कार्यकर्ताहरु उपस्थित रहेको उनले बताए।




नेपालगंजमा श्रद्धाञ्जली सभा।


बिरगंजमा श्रद्धाञ्जली सभा।

अमेरिकामा श्रद्धाञ्जली सभा।


कतारमा श्रद्धाञ्जली सभा।



सऊदी अरबियामा श्रद्धाञ्जली सभा।


मलेशियामा श्रद्धाञ्जली सभा।

इंडियामा श्रद्धाञ्जली सभा।


कार्यक्रमको फोटो अपडेट जारी………………
सहिद यादवको सम्झनामा जनमत पार्टीले मधेशका झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही,कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सिन्धुली, उदयपुर लगायत मधेशका सबै जिल्ला सदरमुकामसहित बाहिर पनि श्रद्धाञ्जली सभा गरेको छ।



