हुलाकी न्यूज, साउदी अरेबिया:- विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) साउदी अरेबिया को रियादमा नदिम एरियाका लागि इकाई कमिटी गठन गरेको छ। १२ अगस्त, सोमवार का दिन रियाद क्षेत्रका प्रतिनिधि अशोक साहको उपस्थितिमा, शम्भू ठाकुरको अध्यक्षतामा २३ सदस्यीय नदिम इकाई कमिटी गठन गरेको हो।
कमिटीको उपाध्यक्षमा दीपेश कुमार, सचिवमा सोने लाल मंडल, सहसचिवमा अशोक कुमार यादव, कोषाध्यक्षमा अशोक सहनी, त्यसैगरी सदस्यहरुमा रामसोगारत यादव, सोहन यादव,सुरेश कुमार कापर, बिरगुन कुमार यादव, मुकेश यादव, संजय यादव, रामबहादुर साह, साकिर अंसारी, सुन्दर मुखिया, राजु सदा, बिजय यादव, लोटन यादव, कृष्ण सदा, दानी साह, दिलीप मंडल, बिनोद यादव,गोगिंद्रा यादव, घूरन साफ़ी,बिनोद मंडल, दिला यादव, सोमेश्वर यादव,बिनोद महरा र श्रवण यादव रहेका छन।
एनआरएमए साउदी ले बिगत ४ बर्ष देखि साउदी भित्र रहेका प्रवासी मधेशीहरूलाई एउटै छाता मुनि ल्याउने प्रयास गर्दै आइरहेको बारे एनआरएमए-साउदी का बरिष्ठ उपाध्यक्ष उपेंद्र अधिकारी ले बताए । यसैगरि, एनआरएमए-साउदी का केंद्रीय अध्यक्ष निर्मल मंडलले साउदीमा रहेका मधेसीहरुलाई संगठनमा आबद्ध हुन आग्रह गरेका छन।
गैर आवासीय मधेसी संघ (एनआरएमए )-अंतररास्ट्रीय समितिका अध्यक्ष बसन्त कुशवाहाका अनुसार एनआरएमए ले हालसम्म बिश्व भरिका ४० भन्दा बढ़ी देशहरुमा आफ्नो संगठन बिस्तार गरि सकेको छ।
प्रवासमा मधेसीहरुको सुख-दुखमा साथ दिँदै “परदेश में मधेशियोंका साथी” भन्ने नारा लाइ सार्थक गर्न लागिपरेको उनले बताए।
एनआरएमए ले बिदेशमा रहेका मधेसीहरु माझ समय-समयमा चेतनामूलक कार्यक्रम गर्ने, बिपतमा परेका मधेसीको सहयोग गर्ने तथा बिभिन्न चाड-पर्बको अवसरमा सांस्कृतिक एवं मेल-मिलाप कार्यक्रम गरी मधेसीहरुलाई एकजुट गर्ने काम गर्दै आइरहेको छ।
प्रवासमा मधेसीहरुको संगठित एवं प्रभावशाली संगठन को रुपमा गैर आवासीय मधेसी संघ ले आफ्नो परिचय बनाइसकेको छ।






