हुलाकी न्यूज़ साउदी:- बिश्व भरि छरिएर रहेका मधेशीहरूको छाता संगठन गैर-आवासीय मधेशी संघ साउदी अरबले रियादको अलकदसिया क्षेत्र मा”युकसेल इनसाज” कम्पनी भित्र रियाद क्षेत्रका प्रतिनिधि अशोक साह को उपस्थिति मा र नरेश कुमार पंण्डित को अध्यक्षता मा 17 सदस्य समिती गठन गरेको छ।
अशोक साह र आर एन मण्डलको नेतृत्वमा कार्यसमिति गठन गरिएको छ। उपाध्यक्षमा सोनेलाल मण्डल, सचिवमा राम प्रसाद यादब र
सहसचिवमा सहदेब महरा रहेका छन। त्यस्तै सदस्य हरुमा राम सोगारथ यादब,अशोक सहनी,श्रवण कुमार ठाकुर,संजिव कुमार यादब,सुदिप कुमार ठाकुर, राम दिनेश यादब,जोगेन्द्व यादब,शम्भु ठाकुर,रबिन्द्व भगत,राम प्रकाश महतो,रामशंकर महतो,जितेन्द्व महतो,बिरेन्द्व साह र राजु शर्मा रहेका छन।
साउदी भित्र रहेका मधेशी हरू लाई एकै छाता भित्र ल्याउने काम एनआरएमए ले बिगत 4 बर्ष देखि गर्दै आइरहेको छ। एनआरएमए साउदी अरब को बरिष्ट उपाध्यक्ष अधिकारी उपेन्द्वका अनुसार यस संस्था ले परदेश मा रहेका मधेशी हरूलाई समस्या परेको बेला सकदो सहयोग गर्दै आइरहेको छ। र आगामी दिनमा पनि हामी पछि हटने छैनौं बताएका छन। एनआरएमए संस्था बिश्व भरिका ४० वटा देशमा आफ्नो संगठन बिस्तार गरि सकेका छन भने बिश्व भरि रहेका मधेशी संग सम्म छिटै पुग्ने लक्ष्य का साथ अगाडि बढि रहेका छन।
यस संस्था मा अति सिघ्र सबै मधेशीहरु लाई जुड्न अपिल गर्दै एनआरएमए साउदी का केन्द्विय अध्यक्ष निर्मल मण्डल ले सबैलाई सहयोग गर्न आग्रह समेत गरेका छन




