हुलाकी न्यूज, सऊदी:- विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) साउदी अरेबियाको सनैया अलसाद अलसऊदीअ कम्पनीमा पनि समिति विस्तार भएको छ।
एनआरएमए सऊदी अरेबियाका बरिष्ठ उपाध्यक्ष ओपेद्र अधिकारी यादवका अनुसार सनैया अलसादमा शुक्रबारको दिन क्षेत्रीय कार्य समितिको सम्मेलनले समितिको घोषणा गरेको हो।
अशोक साह र आर एन मण्डलको नेतृत्वमा कार्यसमिति गठन गरिएको छ। अध्यक्षमा दिनेश साह, उपाध्यक्षमा ब्रहम देव यादव, सचिवमा सिबु पासवान र सहसचिवमा शोभित पासवान रहेका छन। त्यस्तै सदस्य हरुमा सदस्य अनिल चौधरी, बिनय पासवान, नथुनीय सदा,चौधरी राम, उदय राउत, राम बिनोद मण्डल, राम कुमार चौधरी, राम चंद्र मण्डल, बीरेंद्र साह, राजू शर्मा र शंकर शर्मा रहेका छन।
एनआरएमएले विभिन्न देशहरुमा सांस्कृतिक कार्यक्रम तथा बिभिन्न चाड-पर्बको अवसरमा मेल-मिलाप कार्यक्रम गरी प्रवासमा रहेका मधेशीहरुलाई एकजुट गर्ने काम गर्दै आएको छ।




