हुलाकी न्यूज़, काठमाडौँ:- डा सीके राउतः ᴛ ʜ ᴇ ᴘ ᴀ s s ɪ ᴏ ɴ “द प्यासन” नामक उक्त चलचित्रको टिजर आज श्रावण १ गते बुधबार, ३:३० बजे अपरान्ह राइजिङ मलस्थित क्युज सिनेमा हलमा सार्वजनिक गरिँदैछ।
सन्तोष साहले निर्देशन गरेको उक्त चलचित्रमा राउतको भूमिका परदेशी साहले निभाएका छन्। फिल्ममा नवराज शर्माको सहायक निर्देशन र रेवन्तविक्रम थापाको द्वन्द्व निर्देशन छ। बन्दे प्रसादको सम्पादन रहेको उक्त चलचित्र बाबु नामका व्यक्तिले बनाएका हुन्।
डा सीके राउतवाट प्रभावित भएर उक्त फिल्म बनाएका हुन, भोलिको टिजर सार्वजनिक कार्यक्रममा उहाँ स्वयं उपस्थित हुनुहुनेछ।
स्रोत का अनुसार मधेसको इतिहाससहित अन्य विषय समेटेर चलचित्र निर्माण गरिएको हो, जसको छायांकन लगभग सकिएको छ।




