हुलाकी न्यूज़ जनकपुर:-लगातार मंगलबारदेखि वर्षाले बाढी पहिरोमा मृत्यु भएका परिवारलाई प्रदेश न २ सरकारले तीन लाख रुपैया राहत उपलब्ध गराउने निर्णय गरेको छ।आज शनिबार बसेको प्रदेश केविनेटको आकस्मिक बैठक बसेर निर्णय गरिएको छ।
निरन्तर पानी परेकोले बाढी प्रदेश न २ लगायत देशभरिकै जनजीवन कष्टमै बनाएको छ।
प्रदेश २ सरकारले बाढिमा परेर धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै । राहत तथा उद्धारका लागि तत्काल प्रत्येक जिल्लाका विपद् व्यवस्थापन समितिलाई १०÷१० लाख रुपैया उपलब्ध गराउने निर्णय भएको हो।
त्यसैगरी विपद् पीडितहरुको राहत तथा उद्धारका लागि संघीय सरकारसँग समन्वय गरेर हेलिकप्टर मगाउँने पहल समेत भइरहेको प्रदेश २ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले बताएका हुन।
प्रदेश २ सरकारको मन्त्री परिषदको बैठकले हालसम्म राहत तथा उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वयंसेवक तथा युवाहरुहरुलाई धन्यवाद दिँदै राहत तथा उद्धारमा जुट्न प्रदेशभरीका युवाहरुलाई आग्रह समेत गरेको हो।
अति को राहत कार्यक्रम अपूग भएको स्थानीय हरुले बताएका छन र जून मृत्यु हुने हरु लाई ३ लाख दिने भनिएको छ त्यसबाट त केहि पनि हुन नसक्ने पनि स्थानीय हरुले बताएको छन।
यो घोषणा मात्रै हो जस्तो देखि रहेछ र मानिस हरु यहिले पनि घर बाट बाहिर निस्कन धेरै अप्ठ्यारो स्थितिमा छन र प्रदेश सरकारले यहिले सम्म कुनै पनि राहतको कारकर्म हरु स्थानिए स्तरमा लाउन सकेको छैन।




