हुलाकी न्यूज, कतार : विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ(एनआरएमए) कतारले एक दिवसीय क्रिकेट टूर्नामेंट सम्पन्न गरेको छ।
बरवासिटीको कम्पाउन्डमा भएको खेलमा ७ वटा टिम भाग भए। बरवासिटी, सनैया ३८, ग्रैंड मॉल, अबुनखला पेट्रोल पम्प, वाक्रा, अल थुमामा र दोहा क्रिकेट टीमको सहभागिता थियो।
सेमीफ़ाइनलमा ग्रैंड मॉल र सनैया ३८ बीचको खेलमा सनैया विजय भएको थियो। अल थूमामा र दोहाबीचको खेलमा अल थूमामाले जित हात पारेको थियो।
फाइनलमा अलथुमामा र सनैया ३८ पुगेका थिए। फाइनलमा अलथुमामाले जित हात पार्दै सनैया ३८ टिम दोस्रो भए।
एक दिवसीय प्रतियोगितामा भाग लिएका सम्पूर्ण टिमका खेलाडी हरु मधेय एक खिलाड़ीलाई बेस्ट ब्लर, मैन अफदी बेस्टस्मैन, मैन अफ दी सेरिज, फ़ाइनलमा पुगेका दोस्रो टीमलाई सेकंड ट्रोफ़ी र प्रथम भएको टीमलाई प्रथम ट्रोफ़ीको साथ सम्पूर्ण खिलाड़ीलाई गोल्ड मेडल साथै भागलिएका सम्पूर्ण टिमका कप्तान लाईं प्रमाणपत्र दीई सम्मान गरिएको थियो।
प्रतियोगितालाई सफल बनाउन बरवा सिटीका संजीत कुमार दास, बिनोद कुमार साह तथा एनआरएमएका सदस्यहरूले सहयोग गरेका थिए।
गैर आवासीय मधेशी संघले विश्वभर रहेका मधेशीहरुलाई संगठित गरी मधेशको सांस्कृतिक, धार्मिक, पहिचान एव खेलकूद सम्बन्धी विभिन्न कार्यक्रमहरु गर्दै आएको छ।





