
जनकपुरधाम : गणतन्त्रवादी प्रथम नेता स्व.राम राजा प्रसाद सिंहको सालिक प्रदेश २ सरकारले बनाउने भएको छ।
प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले सालिक बनाउने घोषणा गरेका हुन्।
बिहीबार मधेस भवनको कवर्डहलमा आयोजना गरिएको चियापान समारोहमा मुख्यमन्त्री राउतले राम राजा प्रसाद सिंहलाई स्मरण गर्दै यसै वर्ष सालिक निर्माण गर्ने उद्घोष गरे।



