हुलाकी न्यूज, सऊदी: विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) साउदी अरेबियाको रास्तनुरामा पनि समिति विस्तार भएको छ।
एनआरएमए सऊदी अरेबियाका बरिष्ठ उपाध्यक्ष ओपेद्र अधिकारी यादवका अनुसार रास्तनुरामा शुक्रबारको दिन क्षेत्रीय कार्य समितिको सम्मेलनले समितिको घोषणा गरेको हो।
एनआरएमए सऊदीको रास्तनुरामा क्षेत्रीय समिति को नामाबली सहित।
ई. त्रिभुवन सिंहको नेतृत्वमा कार्यसमिति गठन गरिएको छ। त्यस्तै सदस्य हरुमा जनार्दन यादव, राम प्रवेश दास, राम सोग़ारथ दास, डिम नारायण दास, राज किशोर दास, हीरालाल यादव, कारी राम यादव, रामप्रीत यादव, डीबेन्द्र यादव, राम बिऋछ शर्मा, कमलेश कामर, महेश पाल, बाल देब सादाय, ड़िमेन्द्र दास र उदय कुमार दास रहेका छन।
एनआरएमएले विभिन्न देशहरुमा सांस्कृतिक कार्यक्रम तथा बिभिन्न चाड-पर्बको अवसरमा मेल-मिलाप कार्यक्रम गरी प्रवासमा रहेका मधेशीहरुलाई एकजुट गर्ने काम गर्दै आएको छ।





जय मधेश जय स्वराज ।