हुलाकी न्यूज, काठमाडौं, २६ आश्विन । सदभावना पार्टीको भ्रातृ संगठन युवा मंचका केन्द्रीय उपाध्यक्ष फिरोज मंसुरले पार्टी परित्यागको घोषणा गरेका छन् । मधेश आन्दोलन चलिरहेकै बेला सदभावना पार्टीले प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा मतदान गरेकोले पार्टीबाट राजीनामा दिएको मंसुरले जनाएका छन् ।

संविधानसभाबाट राजीनामा दिइसकेको सदभावना पार्टीले पनि व्यवस्थापिका संसदमा सरकार निर्माण प्रक्रियामा सहभागी भएकोमा असन्तुष्टि व्यक्त गर्दै मंसुरले राजीनामा दिएका हुन् ।

मधेशी जनता मधेश आन्दोलनमा रहेकै बेला मधेशी दलहरुले प्रधानमन्त्रीको निर्वाचनमा भाग लिएर मधेशी जनताको अपमान गरेको मंसुरको ठहर छ । उनले आगामी दिनमा पनि मधेश र मधेशी जनताको अधिकारका लागि लडिरहने बताएका छन् ।

उनले समान विचारधारा र सिद्धान्त राख्ने व्यक्ति, समुदाय, संघसंस्थासँग सहकार्य गरेर अगाडि बढ्ने पनि स्पष्ट पारेका छन् ।
rajinamaof firoz mansur

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.