हुलाकी न्यूज, महोत्तरी । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले समीक्षा गरेको छ । जनमतको जिल्ला जनपरिचालन समितिको समीक्षा बैठक सम्पन्न भएको हो ।
राजकिशोर मण्डलको अध्यक्षतामा एवं जिल्ला संयोजक सदस्य वीरेन्द्र कुमार मण्डलका साथै अन्य सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा केन्द्रीय सदस्य संजय कुमार यादवको प्रमुख आतिथ्यतामा जिल्ला समन्वय समिति महोत्तरीको जलेश्वर सभा हलमा एकदिने समीक्षा कार्यक्रम भएको हो ।
समीक्षा कार्यक्रममा जिल्लाका सम्पूर्ण नगरपालिका तथा गाउँपालिकाहरुमा कार्यकर्ताहरुले गरेका संगठन विस्तारका बारेमा विस्तृत छलफल भएको जिल्ला संयोजक सदस्य वीरेन्द्र कुमार मण्डलले जानकारी दिएका छन् ।
साथै, महोत्तरी जिल्लाका बाँकी रहेका नगरपालिका तथा गाउँपालिकाहरुमा आगामी दिनमा शीघ्र संगठन विस्तार गरिने निर्णय भएको केन्द्रीय सदस्य संजय कुमार यादवले जनाए ।




I am glad tߋ be a visitant of tһis utter website,
thаnks for tһis rare infߋrmation!