हुलाकी न्यूज, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका नेता महन्थ ठाकुरले नेताहरुले नै पहाडी र मधेशीबीच विभेद गरेको आरोप लगाएका छन् ।

सोमबार नीति तथा कार्यक्रममाथिको छलफलमा नेता ठाकुरले यस्तो आरोप लगाएका छन् । उनले मधेशीलाई भारतीय देख्ने प्रवृत्ति अहिलेसम्म पनि नहटेको बताएका छन् ।

उनले नागरिकताको सवालमा मधेशीलाई भारतीयको नजर हेर्ने गरेको भन्दै नागरिकताको विषय उठ्नासाथ भारतीयहरु लाइनमा छन् भनेर प्रचार गर्ने गरिएको भन्दै उनले असन्तुष्टि जनाएका छन् ।

ठाकुरले भने, ‘नागरिकताको सवाल उठ्दाखेरि जहिले पनि भारतीयहरु लाइन लागिरहेको छ भनिन्छ । यदि लाइनमा भारतीय हुन्छ भने, दिने कुर्सिमा को बसेको हुन्छ ? गृहमन्त्रालयमा को बसेको छ ? त्यहाँ पनि इन्डियनहरु नै हो ? नागरिकता दिने पनि इन्डियनहरु हो ? उनीहरुले आफ्नो नागरिकलाई चिनिरहेको छैन ?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.