हुलाकी न्यूज, काठमाडौं । डा.बाबुराम भट्टराई र उपेन्द्र यादवले समाजवादी पार्टी नेपाल घोषणा गरेका छन् ।

सोमबार प्रज्ञा प्रतिष्ठानमा आयोजित समाजवादी पार्टी नेपाल घोषणा समारोहमा डा. भट्टराई र यादवले नौबेँदे सहमतिमा हस्तक्षर गरेका छन् ।

यो एकीकरणबाट नेपालमा नयाँ वैकल्पिक राजनीतिक शक्तिको उदय भएको दाबी गरेका छन् । संघीयता, सुशासन, समृद्धि र समाजवादाई आधार तत्व मानी अझ वृहत राजनीतिक ध्रुविकरण अत्यावश्यक रहेको जिकिर गरेका छन् ।

समाजवादी पार्टीले उच्चस्तरीय राज्य पुनर्संरचना आयोगको सुझावअनुसार संविधान संशोधन गरेर १०+१ प्रदेश बनाउनुपर्ने बताएको छ ।

समाजवादी पार्टीको सर्वोच्च पदमा डा. बाबुराम भट्टराई नै रहेका छन् । डा.भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाइएको छ भने उपेन्द्र यादव केन्द्रीय समितिका अध्यक्ष भएका छन् ।

केन्द्रीय समितिले गर्ने कुनै पनि निर्णय सिधै कार्यान्वयन हुनसक्ने व्यवस्था छैन । केन्द्रीय समितिको निर्णयलाई संघीय परिषद्ले परिवर्तन गर्नसक्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.