हुलाकी न्यूज, विराटनगर । प्रदेश नं. १ को स्थायी राजधानी विराटनगरमै राखिएको छ । प्रदेश १ का सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले स्थायी राजधानी विराटनगर बनाउने प्रस्ताव दर्ता गराएको छ ।

नेकपा संसदीय दलको निर्णयअनुसार स्थायी राजधानीका लागि विराटनगर प्रस्ताव दर्ता भएको छ । राजधानी विराटनगर रहने तर, कार्यपालिका, व्यवस्थापिकालगायतका संरचना इटहरी विराटनगर सुन्दरहरैंचा आसपास संरचना निर्माण गर्ने नेकपा संसदीय दलको निर्णय छ ।

सत्तारुढ नेकपाकै तीन सांसदले धनकुटालाई प्रदेश राजधानी बनाउनुपर्ने प्रस्ताव राखेका छन् ।

प्रदेशको स्थायी राजधानी प्रदेशसभाको दुई तिहाइ बहुमतले टुंगो लगाउने संवैधानिक व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.