हुलाकी न्यूज, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले सरकारले संविधानमा कसैको पनि विमति नरहेको भनी सफेद झुठ बोलेको आरोप लगाएका छन् ।

नीति तथा कार्यक्रममा आइतबार छलफलमा नेता महतोले यस्तो आरोप लगाएका हुन् । सरकारको नीति तथा कार्यक्रमको सातौं बुँदामा संविधान कार्यान्वयनमा सिंगो राष्ट्रलाई एक जुट बनाउन सफल भएको र संविधानको सर्वस्वीकार्यता र स्वामित्वमा विमती नरहेको उल्लेख गरिएको छ ।

महतोले सरकारको नीति तथा कार्यक्रम भाङ खाएर लेखेको हो भन्ने प्रश्न गरेका छन् ।

आफूहरुले सरकारलाई समर्थन दिने बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले रोष्टमबाटै संविधान संशोधनको आश्वासन दिएको महतोले स्मरण गरे ।

विमती छैन भनेर नीति तथा कार्यक्रममा लेखेर सरकारले संविधान नै संशोधन नगर्ने मनसाय राखेको उनले आशंका गरे ।

महतोले विगतमा संसारकै उत्कृष्ट भनिएका ६ वटा संविधान अस्वीकार्य भएको तथ्यलाई ध्यान दिन आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.