bus ma todfod

रंजन भण्डारी, जलेश्वर, २६ आश्विन । जनकपुरको पिडारी चौकमा सोमबार तोडफोड गरिएका दुईवटा रात्री बस तिर्थयात्रु लिन गएको बस सञ्चालकहरुले जनाएका छन् । अजमेर जाने यात्रुलाई सबैला र रघुनाथपुरबाट लिन गएको बसमा आन्दोलनकारीले तोडफोड गरेको उनीहरुको भनाई छ ।

ना ५ ख ६४११ र ना ५ ख २२३८ नं.को गंगोत्री ट्राभल्स र यात्रा डिलक्सलाई सोमवार साँझ ४ बजे परमिट देखाउँदा समेत तोडफोड गरिएको बसका चालकले बताएका छन् । बसमा लागेको ब्यानरसमेत प्रदर्शनकारीहरुले च्यातेका थिए । बसका कर्मचारी संजय कुमार साहले बसमा एउटा पनि यात्री नभएको, माँगे जति सवै कागज देखाएको र तिर्थयात्रीसँग फोनमा कुरा गराईदिदा समेत तोडफोड गरिएको बताए ।

बसमा आगजनी गर्न खोज्दा भने प्रहरीले हस्तक्षेप गरेको थियो । बसको सम्पुर्ण सिसा फुटेको अवस्थामा यात्रा डिलक्स जलेश्वर र गंगोत्री ट्राभल्स जनकपुरमै छ ।

बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरी र पुर्व अध्यक्ष तेज नारायण चौधरीले तिर्थयात्री लिन जानलागेको बसमा तोडफोड गरिनु दुखद भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.