हुलाकी न्यूज, काठमाडौं । डा.बाबुराम भट्टराई र उपेन्द्र यादवले समाजवादी पार्टी नेपाल घोषणा गर्न लागेका छन् ।
डा.भट्टराई र यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा पर्सी सोमबार प्रज्ञा प्रतिष्ठानमा समाजवादी पार्टी नेपालको घोषणा गर्ने सहमति भएको छ ।
बाबुरामको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्रको संघीय समाजवादी फोरम नेपाल एकीकृत भई समाजवादी पार्टी नेपाल घोषणा हुन लागेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘समाजवादी पार्टी नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यमान, जातीय, लैंगिक, वर्गीय र क्षेत्रीय असमानता, विभेद र शोषणको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भूमिका निर्वाह गर्दछ ।’





