हुलाकी न्यूज, जनकपुरधाम । प्रदेश नं. २ को नाम र स्थायी राजधानी बारे सुझाव संकलन गर्न गठित सम्वाद तथा सुझाव आयोगले प्रतिवेदन बिहीबार प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि आयोगका अध्यक्ष डा. हरिवंश झाले मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीलाई सो प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा मुख्यमन्त्री राउतले आयोगले जनभावना अनुरुप प्रस्तुत गरेको प्रतिवेदनमाथि मन्त्रिपरिषद्मा छलफल गरि नाम र राजधानी सम्बन्धी प्रस्ताव प्रदेश सभामा लैजानै प्रतिवद्धता जनाए ।

कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, समाजिक विकास मन्त्री नवल किशोर साह, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, सुझाव संकलन आयोगका सदस्यहरु सहितको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.