
हुलाकी न्यूज, काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा.सीके राउत मुख्यवक्ता रहने अन्तरक्रिया त्रिभुवन विश्वविद्यालयमा हुने भएको छ।
जनमत विद्यार्थी संघको आयोजनामा बुधबार र्कीतिपुरस्थित विश्वविद्यालयको अडिटोरियम हलमा ‘सम्यक् परिवर्तमान युवा नेतृत्व सम्भावना र भूमिका’ विषयक अन्तरक्रिया विहान ११ बजेदेखि हुने जनाइएको छ।
जनमत विद्यार्थी संघले दिएको जानकारी अनुसार अन्तरक्रियाको सुरुमा डा.सीके राउतले आफ्नो मनतव्य राख्नेछन्। त्यसपछि सहभागीहरुले प्रश्न गर्न पाउने छन्।
स्रोतका अनुसार उक्त अन्तरक्रियामा जनमत पार्टीबाट रुष्टहरुलाई विशेष गरी सहभागी हुन आह्वान गरिएको छ।
यसअघि पनि स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.राउतले त्रिभुवन विश्वविद्यालयमा अन्तरक्रिया गरेका थिए।



