हुलाकी न्यूज, कपिलवस्तु । संघीय समाजवदाी फोरम नेपालको प्रथम एकता अधिवेशन कपिलवस्तुमा हुने भएको छ । फोरम नेपाल प्रदेश नं. ५ को प्रथम एकता अधिवेशन कपिलवस्तुको कृष्णनगरमा हुने भएको हो ।

अधिवेशन यही बैशाख १८ र १९ गते हुने फोरम नेपाल प्रदेश नं ५ का प्रवक्ता अकरम पठानले जानकारी दिए । प्रथम एकता अधिवेशनलाई लक्षित गरी प्रदेश ५ का १२ वटै जिल्लाको जिल्ला समन्वय समिति गठन, प्रदेश प्रतिनिधि चयन, जिल्ला, नगर र वडा स्तरमा रहेका संगठन विस्तारको काम सकिएपछि प्रदेश अधिवेशन तोकिएको पठानले जानकारी दिए ।

फोरम नेपाल प्रदेश ५ को गत चैत्र २२ गते बसेको प्रदेश समितिले प्रथम एकता अधिवेशनको मिति तोकेको थियो ।

अधिवेशन यही बैशाख १८ र १९ गते कृष्णनगरमा रहेको उद्योग वाण्ज्यि संघको सभाहलमा हुने बताइएको छ । अधिवेशन तयारीका लागि विभिन्न समिति गठन गरी तयारी भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.