हुलाकी न्यूज, वीरगन्ज । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार बारा जिल्लाको हावाहुरी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि नेपाली सेनाले सञ्चालन गर्ने अपरेशन ’जनता आवास’ (बारा र पर्सा जिल्ला) को स्थलगत निरीक्षण गरेका छन् ।

मन्त्री पोखरेलले निरीक्षण गर्नुका साथै स्थानीय जनप्रतिनीधि र हावाहुरी पिडितसँग अन्तरक्रियासमेत गरेका छन् ।

हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणको क्रममा उपप्रधान तथा रक्षामन्त्री पोखरेलले बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रका विभिन्न १२ ठाउँमा नेपाली सेनाले १२ वटा समूह बनाएर एकै पटक घर निर्माणको काम थालनी गरि आउँदो वर्षा अगावै सम्पन्न गर्ने बताएका छन् ।

हावाहुरी प्रभावितका लागि नेपाली सेनाले गर्न लागेको घरनिर्माण कार्यमा कुनै पनि नीतिगत कुरा तथा राजनीतिक दवावले प्रभाव नपार्ने समेत उनले बताएका छन् ।

सोही अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले मन्त्रिपरिषद्ले गरेको निर्णयानुसार हावाहुरीबाट पीडित प्रत्येक परिवारलाई एउटा भान्छा र शौचालयसमेत हुने गरी दुईकोठे घर निर्माण गरिने बताएका छन् ।

उक्त निरिक्षण भ्रमण कार्यक्रममा रक्षा सचिव रेश्मीराज पाण्डे, बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका रथीबृन्द, उपप्रधान तथा रक्षामन्त्रीको निजी सचिवालयका स्वकीय सचिव, स्थानीय जनप्रतिनिधि, नेपाली सेनाका अधिकृतहरु, हावाहुरी पिडित र सञ्चारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.