हुलाकी न्यूज, काठमाडौं । अमर यादव नेतृत्वको तराई मधेश फोरम नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्न लागेको छ ।

अमर यादव तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका संस्थापक नेता हुन् । उनी उपेन्द्र यादवको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै मधेशी जनअधिकार फोरम नेपालबाट अलग भएर मधेश तराई फोरम गठन गरेका थिए ।

अमर यादवको फोरम मंगलबार नेकपामा प्रवेश गर्न लागेको स्रोतले जनाएको छ ।

मधेश तराई फोरमका अध्यक्ष अमर यादवसहितका नेता कार्यकर्ताहरुलाई नेकपाका अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराउन लागेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.