हुलाकी न्यूज, जनकपुरधाम, १५ बैशाख । प्रधानसेनापति पूर्णचन्द्र थापाले आइतबार धनुषा जिल्लाको भिमानमा रहेको तीनतले आर्टीलरी फायरिङ रेञ्जमा सञ्चालन भएको फायरिङ अभ्यास, महोत्तरी जिल्लामा नयाँ निर्माण भएको बर्दिबास सैनिक शिविरको निरीक्षण भ्रमण गरी काठमाडौँ फिर्ता भएका हुन् ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले भिमानमा सञ्चालन भइरहेको आर्टीलरी फिल्ड फायरिङको अवलोकन, बर्दिबास सैनिक शिविरमा निर्माणाधीन भवनहरुको निरीक्षण गर्नुको साथै सकलदर्जालाई सम्बोधन गरेका थिए ।

सोही क्रममा उनले कोशी टप्पु वन्यजन्तु आरक्षको अवलोकन समेत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.