
हुलाकी न्यूज, काठमाडौं : डा.सीके राउत नेतृत्वको जनमत पार्टीले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ।
आइतबार पार्टीका अध्यक्ष डा.राउतसहितको टोलीले निर्वाचन आयोग पुगेर निवेदन दिएको हो।
आइतबार नै केन्द्रीय सदस्यहरुको सनाखतसमेत भएका छन्।
पार्टीको अध्यक्षमा डा.राउत छन् भने बाँकी ३४ जना केन्द्रीय सदस्य रहेका छन्।
स्वतन्त्र मधेश गठबन्धन र सरकारबीच भएको ११ बुँदे सहमतिका आधारमा डा.राउतको नेतृत्वमा जनमत पार्टी गठन भएको हो। गठबन्धनको लाहानमा भएको बैठकबाट पार्टीको घोषणा गरिएको थियो।
जनमत पार्टीको मुख्य राजनीतिक सिद्धान्त जनसंप्रभुत्ता, लोकतन्त्र, समाजिक न्याया र समाजवाद रहेको विधानमा उल्लेख गरिएको छ।
मधेश–थरुहट आन्दोलनसहितका विभिन्न आन्दोलनलाई विधानमा समेटिएको छ।
निर्वाचन आयोगमा पेस भएका पदाधिकारीसहित केन्द्रीय सदस्यहरुको नाम
अध्यक्ष, चन्द्रकान्त राउत (डा.सीके राउत)
सदस्यहरुमा बसन्त कुमार कुशवाहा, दिपक कुमार साह, अनिता कुमारी मण्डल, अब्दुल खान, आशा कुमारी मेहता, इरफान अहमद शेख, ईन्द्रजीत कुमार यादव, करुणा कुमारी पैकरा मण्डल, कैलाश महतो, कोशिला देवी महतो, गिता पासवान, चन्दन कुमार सिंह रहेका छन्।
त्यसैगरी, जुलेखा विवी, दिनेश प्रसाद यादव, ध्रुव प्रसाद कहार, नरेन्द्र प्रसाव चौधरी ९कुर्मी०, नरेश प्रसाद कुशवाहा, परमेश्वर मुर्मु, बबिता कुमारी राउत ईशर, बिरेन्द्र साह सोनार, भोपेन्द्र प्रसाद यादव, मज्जन कुमारी, भगत थरुनी, महेन्द्र प्रसाद थारु चौधरी, राज कुमार यादव रहेका छन्।
यसैगरी, राधा कुमारी यादव, रामकली देवी मण्डल, सतिला कुमारी यादव, सत्य नारायण खङ्ग खत्वे, सन्जय कुमार साह, सन्जय कुमार यादव, सिताराम पण्डित, सुरेन्द्र प्रसाद शर्मा, हकि कुल्लाह मुसलमान, राजमती पासवान रहेका छन्।





