
हुलाकी न्यूज, नेपालगंज : गैर आवासीय मधेशी संघ (एनआरएमए)सहितको सहयोगमा स्वराज आन्दोलनका प्रथम सहिद राममनोहर यादवको परिवारलाई १५ लाख प्रदान गरिएको छ।
जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले सहिद यादवको परिवारलाई १५ लाख रुपैंया हस्तान्त्रण गरेको हो। सहिद यादवको परिवारलाई भेट्ने क्रममा डा.राउतले एनआरएमए, नेपाल सरकार तथा जनमत पार्टीको तर्फबाट उक्त रकम हस्तान्त्रण गरेको जनाइएको छ।
नेपाल प्रहरीको हिरासतमा यादवको मृत्यु भएको थियो। नेपाल सरकारका उपप्रधानमन्त्री एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई कालो झण्डा देखाउने क्रममा राममनोहर यादव पक्राउ परेका थिए।
सहिद यादवको लास केही महिनासम्म काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा रहेको थियो। केही महिनाअघि मात्र उनको दाहासंस्कार भएको थियो।
सहिद यादवको परिवारलाई गैर आवासीय मधेशी संघले नियमित रुपमा सहयोग गर्दै आएको एनआरएमएका अन्तर्राष्ट्रिय अध्यक्ष बशन्त कुशवाहाले जनाए।



