हुलाकी न्यूज, काठमाडौं, २५ आश्विन । संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका घटक दलहरु प्रधानमन्त्री चयनका लागि मतदान प्रक्रियामा सहभागी भएकोमा आपत्ती प्रकट गरेको छ । आन्दोलन समितिका उपसंयोजक गोपाल ठाकुरले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मधेशी मोर्चाका घटकहरुले बिना सर्त व्यवस्थापिका संसदमा प्रधानमन्त्रीको निर्वाचनमा सहभागी भएर मधेश आन्दोलनमा उभिने नैतिक आधार गुमाईसकेको बताएका छन् ।

विज्ञप्तिमा मधेशी दलहरुले जुन दललाई भोट दिएको भएपनि तीन दलिय सिन्डिकेटलाई नै सहयोग गरेको आरोप लगाइएको छ । आन्दोलन समितिले मोर्चाले प्रधानमन्त्री चयन प्रक्रियामा सहभागी भएर मधेशविरोधी संविधान कार्यान्वयनमा सहयोग गरेको ठहर गरेको छ ।

उसले खस गोर्खाली साम्राज्यवाद तथा उपनिवेशवादविरुद्ध झनै सशक्त र सम्झौताहिन आन्दोलन गर्न मधेशी समुदायसँग अपिल गरेको छ ।

madheshi-aandolan-samiti

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.