
हुलाकी न्यूज, काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले तेस्रो स्थापना दिबस मनाउने भएको छ।
पार्टी स्थापना भएको बैशाख ७ गते विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने तयारी भएको हो।
स्थापना दिवसको तयारीका विषयमा पार्टी केन्द्रीय कार्यालय काठमाडौं बबरमहलमा अध्यक्ष मण्डलका सदस्य द्वय महन्थ ठाकुर र राजेन्द्र महतोको उपस्थिति छलफल भएको छ।
काठमाडौंस्थित अमृत भोग पार्टी प्यालेसमा ७ गते दिउँसो २ बजेदेखि ५ बजेसम्म विशेष कार्यक्रमको आयोजना गरिनेछ।
२०७४ बैशाख ७ गते संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्ध ६ वटा दल मिलेर राजपा गठन भएको थियो।



