
हुलाकी न्यूज, काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आगामी महाधिवेशनका लागि संसदीय दलका नेता महन्थ ठाकुरको नेतृत्वमा समिति गठन गरेको छ।
यसअघि वैशाख ७, ८ र ९ गते महाधिवेशन गर्ने भनी निर्णय भएको थियो तर पार्टीभित्रको विवादका कारण तोकिएको समयमा हुन हुन नसक्ने निष्कर्ष निकालिएको छ। पार्टीको एकता महाधिवेशनको नयाँ मिति तय गर्न वैशाख ८ गते बैठक बस्ने भएको छ।
तीन दिनसम्म चलेको अध्यक्ष मण्डलको बैठकले ठाकुरको नेतृत्वमा महाधिवेशन आयोजक मूल समारोह समिति गठन गरेको छ।
दुई वर्षअघि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्ध ६ वटा दल मिलेर राजपा गठन भएको थियो।
यसैबीच, राजपाले विभिन्न माग राखी मधेशका जिल्लाहरुमा प्रदर्शनको तयारीसमेत गरेको छ।



